बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार, साउन २१ २०८०
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। चाँदीको मूल्य भने आज स्थिर छ।

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। 

आइतबार तोलामा तीन सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज प्रतितोला एक हजार चार सय २५ रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, साउन २१ २०८००५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend