बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ललितपुर महानगरबाट बिदा भए सहसचिव अर्याल, अब गृहमा

बिहीबार , साउन १८ २०८०
ललितपुर महानगरबाट बिदा भए सहसचिव अर्याल, अब गृहमा

ललितपुर महानगरमा आफूले मेयर, उपमेयर र कार्यपालिकाबीच पुलको काम गरेको अर्यालको भनाइ छ।

काठमाडौं- ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा २८ महिना काम गरेका सहसचिव गणेश अर्याल गृह मन्त्रालय सरुवा भएका छन्। 

गएको साउन ७ मा गृह मन्त्रालय सरुवा भएका अर्याललाई महानगरले  बिहीबार एक कार्यक्रम गरेर विदाइ गरेको हो।

सहसचिव भएलगत्तै पहिलो नियुक्ति नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा ललितपुर पुगेका थिए। उनी २०७८ वैशाख ३ मा ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए।

सबैभन्दा लामो समय महानगरपालिकामा बस्ने प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफूले रेकर्ड बनाएको अर्यालको दाबी गरे। स्थानीय तहमा काम गर्न गाह्रो छ भनेर आउनै मन थिएन तर आएर काम गर्दै जाँदा धेरै राम्रा कामहरु भएका उनको भनाइ छ। 

'सुरुमा आउँदा आनाकानी गर्दागर्दै आएको थिएँ, म आउँदा ललितपुरको कार्यपालिकामा ठूलो विवाद थियो, ३/४ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन, तर समन्वय गरेर धेरै हदसम्म विवाद समाधानको लागि भूमिका खेलेँजस्तो लाग्छ,’ अर्यालले भने। 

ललितपुर महानगरमा आफूले मेयर, उपमेयर र कार्यपालिकाबीच पुलको काम गरेको अर्यालको भनाइ छ। 

अर्यालको सरुवा भएपछि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारती ललितपुरको प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन्। भारतीले बिहीबार नै‍ पदभार गरेका हुन्। 


प्रकाशित : बिहीबार , साउन १८ २०८०१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend