बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

हुन्डाईले ल्यायो ‘ह्वील्स् अफ चेन्ज’ अफर

बिहीबार , साउन १८ २०८०
हुन्डाईले ल्यायो ‘ह्वील्स् अफ चेन्ज’ अफर

यस योजनाअन्तर्गत हुन्डाईको विभिन्न उपलब्ध मोडलहरुमा पाँच लाख रूपैयाँसम्मको नगद छुट, एक लाख ५० हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील्स् अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ। 

बिहीबारदेखि सुरू भएको यो योजना हुन्डाई नेपाल अन्तर्गतको 'हुन्डाई प्रमिस' को सहकार्यमा पाँच प्रतिष्ठित कार एक्सचेन्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो। यो योजनाअन्तर्गत आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

‘ह्वील्स् अफ चेन्ज’ योजनाका लागि काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिंग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ। यो योजना नेपालभरका हुन्डाई सोरुममा उपलब्ध छ।

यस योजनाअन्तर्गत हुन्डाईको विभिन्न उपलब्ध मोडलहरुमा पाँच लाख रूपैयाँसम्मको नगद छुट, एक लाख ५० हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस र २५ हजार रूपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन्। एक्सचेन्ज पार्टनर र हुन्डाई सोरुममा गएर हुन्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यस अफरअन्तर्गत हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसंग उपलब्ध छ। 


प्रकाशित : बिहीबार , साउन १८ २०८००७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend