बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सेगवेका विद्युतीय स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध

बिहीबार , साउन १८ २०८०
सेगवेका विद्युतीय स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध

यो सेवाले ग्राहकहरुलाई सेगवे विद्युतीय स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ र यसबाट सहज, किफायती स्वामित्व अनुभवको आनन्द लिन सक्नेछन्।

काठमाडौं- सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले सेगवेका विद्युतीय स्कुटरहरुका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ। 

दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको शून्य प्रतिशत फाइनान्सिङ सेवाले उपभोक्तालाई ५ लाख रूपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिइ आफ्नो रोजाइको विद्युतीय स्कुटर किन्न सक्ने व्यवस्था गरेको हो। 

यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेलहरू ए१००, ई१००, ई११० एल, र ई१२५ मा उपलब्ध छ। जसले ग्राहकहरूलाई छनौट गर्नका लागि विकल्पहरूको विविध दायरा दिएको छ। शून्य प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ। 

यो सेवाले ग्राहकहरुलाई सेगवे विद्युतीय स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ र यसबाट सहज, किफायती स्वामित्व अनुभवको आनन्द लिन सक्नेछन्।

ग्राहकको सन्तुष्टिको लागि आफ्नो समर्पणको एक भागको रूपमा सेगवको स्कुटर खरीद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ।

सेगवेमा कम्पनीले आफ्ना ग्राहकहरूको विविध आवश्यकता र प्राथमिकताहरूलाई मान्यता दिएको छ। यो कुरालाई ध्यानमा राख्दै सेगवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ। जसमा ग्राहहरूले आफ्नो अव्यवस्थित स्कुटरहरूमा नयाँ सेगवे विद्युतीय स्कुटर खरिद गर्न पाउनेछन्। यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ। 

कम्पनीको एनआईसी एसिया बैंक, माछापुच्छ्रे् बैंकलगायतका वित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्ना ग्राहकहरूका लागि शून्य प्रतिशत फाइनान्सिङ सेवा सुविधालाइ वास्तविकता बनाएको छ। साथै उनीहरुले पर्यावरण मैत्री सहरी गतिशीलता प्रवर्द्धन र ग्रीनरी फ्युचर बनाउने साझा दृष्टिकोणमा योगदान पुर्‍याउने छन् भन्ने विश्वास कम्पनीले लिएको छ।


प्रकाशित : बिहीबार , साउन १८ २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend