बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो भए दुई नेपाली युवा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १७ २०८०
अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो भए दुई नेपाली युवा

काठमाडौं- ग्रीसको भोलसमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हासिल गरेका छन्।

गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन्। 

यसअघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए। त्यतिबेला ४२ ‍देशको सहभागिता रहेको थियो।

अहिले भने उक्त प्रतियोगितामा नेपाल सहित ४८ देशका विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन्।

उक्त प्रतियोगिताको विजेता भने क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिनका रहेका छन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो।

जसमध्ये पाचॅं उत्कृष्ट प्रतिस्पर्धीहरु अनुभव ढुङ्गाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयङ्क शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए।

तीमध्ये हमाल र चटौतले तेस्रो स्थान हासिल गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक तथा टिम लिडर दिपक भण्डारीले जानकारी दिए।


प्रकाशित : बुधबार, साउन १७ २०८०१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend