बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चन्द्रागिरि हिल्सले मनायो १४औँ वार्षिकोत्सव

बुधबार, साउन १७ २०८०
चन्द्रागिरि हिल्सले मनायो १४औँ वार्षिकोत्सव

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ। साउन १४ गते अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा कम्पनीले १४औँ वार्षिकोत्सव मनाएको हो।

उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरूमध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्ष ढकालले प्रमाणपत्र तथा ट्रफीसहित हौसला प्रदान गरेका थिए।

सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई अध्यक्षका तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित नि:शुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा अध्यक्ष ढकालले पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरी सेवा प्रदान गर्न कर्मचारीहरुलाई अनुरोध गरे।


प्रकाशित : बुधबार, साउन १७ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend