बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इनड्राइभरका संस्थापक आर्सेन टम्स्कीको ‘इन ड्राइभर: साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालीमा पनि 

बुधबार, साउन १७ २०८०
इनड्राइभरका संस्थापक आर्सेन टम्स्कीको ‘इन ड्राइभर: साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालीमा पनि 

प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुआतदेखि सिलिकन भ्यालीसम्म अर्सेनको जीवन कथा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण भएको उल्लेख गरिएको छ । इन ड्राइभरले ४० भन्दा बढी देशहरुमा सेवा सञ्चालन छ।

काठमाडौं- ग्लोबल मोबिलिटी अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउण्डर) तथा सीईओ  आर्सेन टम्स्कीकोइन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्मनामक पुस्तक नेपाली भाषामा पनि सार्वजनिक गरिएको

 नेपाली भाषाको पहिलो संस्करणको उक्त पुस्तक आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा लोकापर्ण गरिएको हो यो पुस्तक अब अङ्ग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको

इन ड्राइभरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका टम्स्कीले पाठक सामु आफ्नो यात्रा अनुभव साझा गर्न पाउँदा खुसी भएको बताए। 

‘इन ड्राइभरको जग विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत भावानात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ’ उनले भने। 

पुस्तकले आर्सेनको जीवन कथालाई अनावरण गरेको साइबेरियामा जीवनको कठोर वास्तविकतानेभिगेटगर्नेदेखि दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्ने विषय समावेश छन् प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुआतदेखि सिलिकन भ्यालीसम्म अर्सेनको जीवन कथा लगनशीलता, सामूहिक भावनायुक्त कार्य नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण भएको उल्लेख गरिएको इन ड्राइभरले ४० भन्दा बढी देशहरुमा सेवा सञ्चालन छ।

आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुन जसले इनड्राइभको स्थापना गरे, जुन अग्रणी विश्वव्यापी राइड-हेलिङ गतिशीलता प्लेटफर्महरू मध्ये एक भएको छ। आर्सेनको यात्रा एक सफ्टवेयर इन्जिनियरको रूपमा सुरु भयो बिस्तारै उद्यमशीलतामा सरेका थिए। पूर्वी साइबेरियाको दुर्गम शहरको कठिन परिस्थितिमा काम गर्दै, उनले आफ्नै व्यवसाय विकास विधि विचारधाराको विकास गरे।

 


प्रकाशित : बुधबार, साउन १७ २०८००५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend