बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको २५ रूपैयाँले वृद्धि

मंगलबार, साउन १६ २०८०
तोलामा चारसयले बढ्यो सुनको मूल्य, चाँदीको २५ रूपैयाँले वृद्धि

छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १२ हजार चार सय ५० रूपैयाँ कायम छ।

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला चार सय र चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदी आज प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, साउन १६ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend