बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

५.५ प्रतिशत विदेशी मुद्रा आर्जन सूचना प्रविधिबाट, नेपालमै कमाउँछन् १५ हजार डलरसम्म 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १५ २०८०
५.५ प्रतिशत विदेशी मुद्रा आर्जन सूचना प्रविधिबाट, नेपालमै कमाउँछन् १५ हजार डलरसम्म 

काठमाडौं-  नीतिगत उत्प्रेरणा तथा अग्रसरताबिना नै नेपालमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको पाइएको छ। 

सर्वांगिण विकास अध्ययन संस्था (आईआईडीएस) को पछिल्लो अध्ययनअनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १.४ प्रतिशत योगदान रहेको देखाएको छ। त्यस्तै कुल विदेशी मुद्रा आर्जनमा ५.५ प्रतिशत हिस्सा रहेको अध्ययनका क्रममा पाइएको छ। नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरूले गत वर्षमात्र ५० करोड १५ लाख अमेरिकी डलर आम्दानी गरेको देखाएको छ। सूचना प्रविधिको क्षेत्रले बर्सेनि ५० अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरिरहेको छ।  

आईआईडीएसको सर्वेक्षणअनुसार नेपालमा छ हजारभन्दा बढी सूचना प्रविधिको सेवा दिने कम्पनी दर्ता भएका छन्। त्यस्तै सय वटाभन्दा बढी कम्पनीले अहिले सेवा निर्यात अर्थात् नेपालबाट सेवा दिएर वैदेशिक मुद्रा आम्दानीको काम गरिरहेका छन्। यस्ता कम्पनी तथा स्वतन्त्र रुपमा काम गर्ने आईटी जनशक्तिको संख्या ६६ हजार ५०९ जना रहेको पाइएको छ। 

नेपालमा काम गर्ने इन्जिनियनरहरूले वर्षमा १५ हजार अमेरिकी डलरभन्दा बढी आम्दानी गरिरहेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनअनुसार नेपालमा आईटी जनशक्तिले इन्ट्री लेभलमा २ हजार ८१० डलर कमाउँछन् भने उच्च तहमा रहेकाले १५ हजार ३२२ डलरसम्म औसत आम्दानी गरिरहेको डा अम्रिता शर्माले जानकारी दिइन्। 

अध्ययन प्रतिवेदनका निष्कर्ष सार्वजनिक गर्दै शर्माले नेपालमा अहिले कम्पनीभन्दा पनि फ्रिलान्सरको रुपमा काम गर्नेको संख्या उच्च रहेको जानकारी दिइन्।


प्रकाशित : सोमबार, साउन १५ २०८००५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend