बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, साउन १५ २०८०
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्य सोमबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ कायम छ। 

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार तोलामा तीन सय रूपैयाँले वृद्धि भएको सुनको मूल्य सोमबार तीन सय रूपैयाँले घटेको हो। 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार आइतबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ कायम छ। 


प्रकाशित : सोमबार, साउन १५ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend