बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एनसेलले ल्यायो बिन्दास डेटा प्याक : कसरी लिने? के छ सुविधा?

आइतबार, साउन १४ २०८०
एनसेलले ल्यायो बिन्दास डेटा प्याक : कसरी लिने? के छ सुविधा?

हालै मात्र, कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ, जसमा ग्राहकहरूले करसहित मात्र २५ रूपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन्।

काठमाडौं-  एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि ‘बिन्दास डेटा प्याक’ उपलब्ध गराएको छ। एनसेल प्रयोगकर्ताले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्छन्। 

एनसेलका ग्राहकहरूले सजिलैसँग करसहित ७५ रूपैयाँमा यो प्याक लिन सक्छन्। प्याकको समयावधि ३ दिनको रहेको छ। यसको अर्थ, ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाबिना ३ दिनसम्म कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन्।

ग्राहकले *१७१२३*३# डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ। हालै मात्र, कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ, जसमा ग्राहकहरूले करसहित मात्र २५ रूपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन्।


प्रकाशित : आइतबार, साउन १४ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend