बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

गल्फ लुब्रिकेन्टको डिलर मिट

शुक्रबार, साउन १२ २०८०
गल्फ लुब्रिकेन्टको डिलर मिट

उक्त डिलर मिटको रिबिउल्ड, पर्सिभर र थ्राइभ नारासहित डिलर मिट सकिएको हो।

काठमाडौं- गल्फ लुब्रिकेन्टको डिलर मिटर सकिएको छ। नेपालमा ३९ वर्षदेखि लोकप्रिय रहेको विश्व प्रख्यात र सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सकिएको हो। 

उक्त डिलर मिटको रिबिउल्ड, पर्सिभर र थ्राइभ नारासहित डिलर मिट सकिएको हो। धुलिखेलमा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले आफ्नोभन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरु जस्तै लुब्रिकेन्ट उद्योगले पनि समस्या झेल्नु परेको बताए। ‘हामीले पनि विभिन्न समस्याहरु सामना गर्नु परेको थियो। परिस्थितिमा अझै केहि समयसम्म सुधार हुने छाटकाट भने देखिएको छैन,’ उनले भने, ‘त्यसैले आगामी दिनमा उत्पन्न हुनसक्ने पारिस्थितिहरुलाई विभिन्न समय सान्दर्भिक रणनीति बनाई आफ्नो व्यवसायलाई मजबुत बनाउदै अगाड़ी बढ्न जरुरी छ। यसको लागि हामी सबैको एकेबद्धता अपारिहार्य छ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।


प्रकाशित : शुक्रबार, साउन १२ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend