आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

बैंकमा निक्षेप आउन छाडेपछि मंसिरमा ब्याजदर झनै बढ्दै, यस्तो छ २७ बैंकको सम्भावित ब्याजदर

images
शुक्रबार, कात्तिक २६ २०७८
images
बैंकमा निक्षेप आउन छाडेपछि मंसिरमा ब्याजदर झनै बढ्दै, यस्तो छ २७ बैंकको सम्भावित ब्याजदर

मंसिर १ गतेदेखि नयाँ ब्याजदरमा १० प्रतिशत थप गरेर नयाँ सूची सार्वजनिक गर्ने तयारीमा बैंकहरू रहेका छन्।

images
images

काठमाडौं- गत कात्तिक १ गते २७ वटा बैंक र अन्य वित्तीय संस्थाहरूले पनि निक्षेप तान्ने होडमा ब्याजदर बढाए। सोही दिन राष्ट्र बैंकले निर्देशन दिएर ब्याजदर फिर्ता लिएर १० प्रतिशतभन्दा बढी नबढाउन निर्देशन दिएको थियो।

images
images
images

निर्देशनअनुसार असोजमा तोकेको ब्याजदरअनुसार १० प्रतिशत मात्रै बढाएर सार्वजनिक गरेपछि ब्याजदर वृद्धिको होड केही थामिएको थियो। बैंकहरूमा निक्षेप नआउँदा २७ वटै बैंकहरू कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन्। 

images
images

नेपाल बैंकर संघले प्रकाशन गरेको तथ्यांकअनुसार कात्तिक तेस्रो हप्तामा जम्मा ७ अर्ब ऋण स्वीकृत भएको छ। चाडपर्व र व्यापार व्यवसायको ‘अफ सिजन’ बाहेक साप्ताहिक रुपमा १५ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह हुने बैंकिङ प्रणालीबाट पछिल्लो हप्ता भने कमी आएको छ। 

images
images

ब्याजदर बढ्दा सेयर बजारदेखि उद्याेगधन्दामा समेत लगानीमा असर परेकाे छ। सेयर बजार साेही कारण हरेक दिन घट्दाे क्रममा रहेकाे छ। 

पछिल्लो समय तरलता संकटमा परेका बैंकहरूमा ऋणको माग बढ्दै गए पनि निक्षेप भने घट्दै आएको छ। पछिल्लो तीन हप्तामा निक्षेप संकलनमा गिरावट आएको छ। कात्तिकका तीनवटै हप्तामा निक्षेप घटेको छ।  

पहिलो हप्ता २० अर्ब निक्षेप घटेको थियो। त्यस्तै दोस्रो हप्ता २ अर्ब घटेको निक्षेप तेस्रो हप्ता ९ अर्ब घटेको छ। ऋण भने कात्तिक पहिलो हप्तामात्र १ अर्ब घटेको थियो। पछिल्ला दुई सातामा क्रमशः २० अर्ब र ७ अर्ब रुपैयाँ गएको छ। तरलता अभावको कारण देखाउँदै असोज १ देखि ब्याजदर बढाउने होडमा रहेका बैंकहरूको दौड अझै रोकिएको छैन।

मंसिर १ गतेदेखि नयाँ ब्याजदरमा १० प्रतिशत थप गरेर नयाँ सूची सार्वजनिक गर्ने तयारीमा बैंकहरू रहेका छन्।

मंसिर १ गते लागू हुन सक्ने २७ बैंकको सम्भावित ब्याजदरको सूची यस्तो छ

bank 3.jpg

 


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend