बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआरएनए पोर्चुगलको अध्यक्षका लागि दीपा काफ्लेको उम्मेद्‌वारी घोषणा

शुक्रबार, साउन १२ २०८०
एनआरएनए पोर्चुगलको अध्यक्षका लागि दीपा काफ्लेको उम्मेद्‌वारी घोषणा

लामो समयदेखि पोर्चुगलमा बसोबास तथा व्यवसाय गर्दै आएकी दीपा काफ्लेले गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तिकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको बताइन्।

काठमाडौं- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षका लागि दीपा काफ्लेले उम्मेद्‌वारी घोषणा गरेकी छिन्। लामो समयदेखि पोर्चुगलमा बसोबास तथा व्यवसाय गर्दै आएकी दीपा एनआरएनए पोर्चुगलको आगामी नेतृत्व २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि उम्मेद्‌वारी घोषणा गरेकी हुन्। 

उम्मेद्‌वारी घोषणासँगै उनले केही प्रतिबद्धताका साथ पोर्चुगलबासीसँग सहयोगको अपिल समेत गरेकी छिन्।

वर्तमान कार्यसमितिमा महिला उपाध्यक्ष समेत रहेकी उनले एनआरएनएभित्र महिला नेतृत्वको आवश्यकता महसुस गरेर उम्मेद्‌वारी दिएको बताइन्। एनआरएनएलाई अब फरक तरिकाले अघि बढाउनुपर्ने बेला आएकोले अध्यक्ष पदमा आफूले उम्मेद्‌वारी दिएको उनको भनाइ छ।

गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तिकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको उनले बताइन्। यसैगरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन्।


प्रकाशित : शुक्रबार, साउन १२ २०८००८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend