बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

जनकपुरको मुरलीचोकमा एभरेष्ट बैंकको १२७औँ शाखा उद्घाटन

शुक्रबार, साउन १२ २०८०
जनकपुरको मुरलीचोकमा एभरेष्ट बैंकको १२७औँ शाखा उद्घाटन

योसँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेस प्रदेशमा १४ पुगको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको १२७औँ शाखा जनकपुरको मुरलीचोकमा सञ्चालनमा आएको छ। 

उक्त शाखाको उद्घाटन शुक्रबार जनकपुर उप-महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुन्।

सो उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पञ्जाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे।

योसँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेस प्रदेशमा १४ पुगको छ।


प्रकाशित : शुक्रबार, साउन १२ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend