बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

तोलामा ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, साउन १२ २०८०
तोलामा ९ सय रूपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य आज प्रतितोला ९ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ९ सय रूपैयाँले सस्तिएको हो। 

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदी आज प्रतितोला ४० रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १४ सय ५० रूपैयाँ कायम छ।


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend