शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

स्याउ सुपरजोन जुम्लाले दियो किसानलाई हाते ट्र्याक्टर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १२ २०८०
स्याउ सुपरजोन जुम्लाले दियो किसानलाई हाते ट्र्याक्टर

किसानले गर्दै आएको काममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै।

जुम्ला- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालय जुम्लाले यहाँका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ।

कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले ५८ हाते ट्र्याक्टरसहितका सामग्रीहरू प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए।

कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश भएका किसानलाई उक्त कृषि औजारका सामग्री वितरण गरिएको छ। यहाँका किसानलाई हाते ट्र्याक्टरको प्रयोगसम्बन्धी तालिम दिइएको एकाइ प्रमुख शाहीको भनाइ छ।

किसानले गर्दै आएको काममा थप सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै उनले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यालयले निरन्तर काम गरिरहेको बताए। रासस


प्रकाशित : शुक्रबार, साउन १२ २०८००४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend