बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टेलिकम कम्पनीहरूले ल्याउने स्किम नियमित मूल्यभन्दा सस्तो हुनुपर्ने, वर्षमा २ पटकमात्र ल्याउन दिने प्रस्ताव  

बिहीबार , साउन ११ २०८०
टेलिकम कम्पनीहरूले ल्याउने स्किम नियमित मूल्यभन्दा सस्तो हुनुपर्ने, वर्षमा २ पटकमात्र ल्याउन दिने प्रस्ताव  

स्किम लागू गर्नुअघि कम्पनीहरूले सात दिनअघि नै प्राधिकरणमा जानकारी गराउनुपर्ने प्रस्ताव गरिएको छ। 

काठमाडौं- टेलिकम कम्पनीहरूलाई वर्षमा दुई पटकमात्र विशेष अफर ल्याउन दिने प्रस्ताव गरिएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीलाई उपभोक्ता योजना सार्वजनिक सम्बन्धि शर्त तोक्नेसम्बन्धि प्रस्तावमा यो कुरा उल्लेख गरिएको छ। 

प्राधिकरणले गरेको उक्त प्रस्तावमा विशेष चाड पर्वको अवसरमा यस्ता कम्पनीलाई उपभोक्ता लक्षित अफर सार्वजनिकको अवधि र संख्या निर्धारण गरिएको छ। 

यी कम्पनीका लागि वर्षमा २ पटकमा अधिकतम १०० वटा स्किम ल्याउन दिने प्रस्ताव गरिएको छ। यस्तो स्किम बढीमा १५ दिन र त्यसरी दियएको सुविधा तीन महिनासम्म मात्र लागू हुनेगरि ल्याउनुपर्ने प्रस्ताव गरिएको छ। 

स्किम लागू गर्नुअघि कम्पनीहरूले सात दिनअघि नै प्राधिकरणमा जानकारी गराउनुपर्ने प्रस्ताव गरिएको छ। 

यसरी ल्याइएको स्किमको मूल्य भने निर्धारित र स्वीकृतभन्दा न्यून हुनुपर्ने छ। नियमित मूल्यको तुलनामा उभोक्ताले थप लाभ पाउनेगरि ल्याउनुपर्ने छ। 

 


प्रकाशित : बिहीबार , साउन ११ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend