शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

‘रैथानेबालीको संरक्षण गर्न प्राथमिकता दिनुहोस्’

बिहीबार , साउन ११ २०८०
‘रैथानेबालीको संरक्षण गर्न प्राथमिकता दिनुहोस्’

उनले मन्त्रालयको गत आवको ७६ प्रतिशत वार्षिक प्रगतिलाई आगामी वर्ष बढाउने लक्ष्यका साथ कार्यमा जुट्न अनुरोध गरे। 

कर्णाली- कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९/८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई सुझाए।  

उनले भने, 'गत आर्थिक वर्षमा भएका कमजोरीलाई सिकाइका रुपमा लिएर प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको तयारीमा लाग्नुस्। अब छिट्टै बजेट अख्तियारी आउँछ।' कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्रांगारिक प्रदेश निर्माणको अभियानमा जोड दिन आग्रह गर्दै उनले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवर्द्धनका कार्यक्रम लागु गर्नेतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र दशवटै जिल्लाका प्रमुखलाई सुझाव दिए।

उनले मन्त्रालयको गत आवको ७६ प्रतिशत वार्षिक प्रगतिलाई आगामी वर्ष बढाउने लक्ष्यका साथ कार्यमा जुट्न अनुरोध गरे। 

मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले समीक्षाले सिकाएको पाठलाई आधार बनाएर चालु आव २०८०/८१ लाई नतिजामुखी बनाउन अहिले नै विशेष कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई सुझाव दिए। कामलाई सहज बनाउन परिस्कृत कार्यविधि बनाइने र सो कार्यान्वनयनका लागि स्पष्ट परिपत्र गरिने सचिव घिमिरेको भनाइ थियो। 

समीक्षामा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय, सहरकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुमप्रसाद सुवेदी, पशुपक्षी निर्देशनालयका निर्देशक कृष्णप्रसाद रिजाल, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रका प्रमुख पदमबहादुर सुवेदी र एकीकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावतले आव २०७९/८० को वार्षिक प्रगति, समस्या/चुनौती र समाधानका लागि गरिएका प्रयास समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त गोष्ठीमा योजना महाशाखाका प्रमुख राजु भुज, कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायत, प्रशासन तथा सहकारी महाशाखाका प्रमुख राजेन्द्र पौडेल र पशुपक्षी विकास महाशाखाका प्रमुख प्रचण्ड खड्का क्षेत्रीले मातहतका कर्मचारीलाई आफ्नो कार्यसम्पादनमा दत्तचित्र भएर लाग्न र अभिलेखीकरणमा ध्यान दिन सुझाव दिएका थिए। रासस


प्रकाशित : बिहीबार , साउन ११ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend