शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

साढे १२ हेक्टरमा बुटबलमा निर्यातमुखी कृषि थोक बजार निर्माण हुने

बिहीबार , साउन ११ २०८०
साढे १२ हेक्टरमा बुटबलमा निर्यातमुखी कृषि थोक बजार निर्माण हुने

यो आयोजना स्थल बुटवल बजारबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ। साथै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट आयोजना स्थल करिब ३० किलोमिटर टाढा रहेको छ।

काठमाडौं- लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निर्यातमुखी कृषि थोक बजार निर्माण हुने भएको छ। यसका लागि वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि भन्दै वातावणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रले बुटवल उपमहानगरपालिकाको वडा नम्बर १५, सेमलार- कर्साघाट क्षेत्रमा निर्यातमुखी कृषिथोक बजार स्थापना गर्ने प्रस्ताव गरेको हो।

यस आयोजनालाई डेभलप टू बिल्ड कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष इन्टरनेशनल फण्ड फर एग्रिकल्चरल डेभलपमेन्ट ले आर्थिक सहयोग गर्ने भएको छ। प्रस्तावित थोक बजारले आन्तरिक माग पूरा गर्नुका साथै कृषि उत्पादनको निर्यात बढाउने अपेक्षा गरिएको छ। जसले कृषि क्षेत्रको प्रवर्धन र अर्थतन्त्रलाई टेवा पुर्याउने भनिएको छ।

प्रस्तावित आयोजना बुटवल उपमहानगरपालिका १५ को सेम्लारमा अवस्थित छ। आयोजनाको स्थान पूर्वमा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, पश्चिममा सैनामैना वार्ड नम्बर १, उत्तर-पश्चिममा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र दक्षिणमा सोहि उपमहानगरपालिकाको वडा नम्बर १६ (कर्साघाट)ले घेरिएको छ। 

यो आयोजना स्थल बुटवल बजारबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ। साथै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट आयोजना स्थल करिब ३० किलोमिटर टाढा रहेको छ।

आयोजना स्थल १२.४७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। आयोजना अन्तर्गत धोक बजारको क्षेत्रका संरचना ४.३२ हेक्टरमा निर्माण हुने छ। यसैगरी संकलन केन्द्रको क्षेत्र ४.५९ हेक्टर, सामान्य सुविधाहरू १.५२ हेक्टर, सानो बजार खुद्रा क्षेत्र ०.३६ हेक्टर, अतिथि गृहको क्षेत्र ०.४८ हेक्टर र ह्याच क्षेत्र १.२१ हेक्टरमा रहने गरी संरचनाहरु बन्ने छन्।

जहाँ वजन नाप्ने पुल,पार्किङ, विद्युत सञ्चय केन्द्र, जगेडा जेनरेटर, तथा सौर्य ऊर्जा आपूर्ति प्रणाली र ओभरहेड ट्यांकीको साथसाथै पानी आपूर्ति प्रणालीलगातका संरचनाहरु निर्माण हुने छ।

साथै आयोजना स्थलमा प्रशासन कार्यालय, सेवा केन्द्र, बालहेरचा केन्द्र, प्राथिकम स्वास्थ्य सेवा केन्द्र, सरकारी कार्यालय, सीसीटीभी निगरानी कक्ष तथा अन्य कृषि सुविधाहरु रहने छ।

प्रशोधन र भण्डार सम्बन्धित सुविधाहरु र अतिथि गृह तथा चमेना लागतयका सुविधामा बजार रहने छ।

आयोजना स्थलमा निर्माण हुने संरचनाहरु

structure.jpg


प्रकाशित : बिहीबार , साउन ११ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend