शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

फलफूल र तरकारी बिक्रीमा बिचौलिया रोक्न भन्दै पोखराका व्यवसायी काठमाडौं आएर धर्ना

बिहीबार , साउन ११ २०८०
फलफूल र तरकारी बिक्रीमा बिचौलिया रोक्न भन्दै पोखराका व्यवसायी काठमाडौं आएर धर्ना

उनीहरुले केन्द्रमार्फत तरकारी बिक्री गर्नेहरुसँग सोझै भाडा लिन माग गर्दै आन्दोलन गरेका हुन्।

काठमाडौं- पोखराको तरकारी तथा फलफूल व्यवसायीलाई विस्थापन गर्न खोजेको भन्दै काठमाडौंमा धर्ना दिन आइपुगेका छन्।

कृषि समाग्रि केन्द्रले बिचौलियालाई पोस्नेगरी तरकारी बजारमा ठेक्का लगाएको भन्दै व्यवसायीहरु पोखराबाट काठमाडौं आएर धर्ना दिएका हुन्।

2.jpg

विगतमा १० वर्षदेखि एउटै ठेकेदारलाई दिएको र अहिले पनि सोही ठेकेदारलाई मासिक १५ लाखमा ठेक्का दिएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। उनीहरुले केन्द्रमार्फत तरकारी बिक्री गर्नेहरुसँग सोझै भाडा लिन माग गर्दै आन्दोलन गरेका हुन्।

पोखराको हङकङ बजारमा ३ सयभन्दा बढी स्टलमा तरकारी तथा फलफूलको बिक्री हुँदै आएको छ। व्यवसायीहरुले बारम्बार एउटै ठेकेदारलाई दिदाँ आर्थिक अपचलन भएको आरोपसमेत लगाउँदै काठमाडौंमा धर्ना दिन आएका हुन्। 

3.jpg

4.jpg


प्रकाशित : बिहीबार , साउन ११ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend