बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

न्यादी हाइड्रोपावरको सुरुवाती कारोबार मूल्य कति?

images
शुक्रबार, कात्तिक २६ २०७८
images
न्यादी हाइड्रोपावरको सुरुवाती कारोबार मूल्य कति?

नेप्सेले कम्पनीको पहिलो कारोबार नेटवर्थको आधारमा तय गर्छ। सोहिअनुसार न्यादीको पहिलो कारोबार अधिकतम २८२ रुपैयाँमा हुने देखिन्छ।

images
images

काठमाडौं- केही समय अगाडि मात्रै बाँडफाँट सम्पन्न भएको न्यादी हाइड्रोपावरले पहिलो कारोबारमा न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.१३ रुपैयाँको रेञ्ज पाउने भएको छ।

images
images
images

कम्पनीले असोज १५ गतेदेखि १९ गते सम्म सर्वसाधारण समूहको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

images
images

जसमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्दा २२ लाख ८२ हजार भन्दा धेरैको आवेदन परेको थियो। जसमध्ये २ लाख ९ हजार २५० जनाले १०/१० कित्ता सेयर प्राप्त गरेका छन्। 

images
images

कम्पनीले केही समयमा उक्त सेयर दोस्रो बजारमा सूचीकृत गर्ने छ। दोस्रो बजारमा सूचिकृत भए पछि आइपिओ पर्नेले दोस्रो बजारमा बिक्री गर्न सक्छन्।

नेप्सेले कम्पनीको पहिलो कारोबार नेटवर्थको आधारमा तय गर्छ। सोहिअनुसार न्यादीको पहिलो कारोबार अधिकतम २८२ रुपैयाँमा हुने देखिन्छ।

यसअघि कम्पनीले कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक सेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०१:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend