बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता, जीडब्लूएमको ओरा ०३ ईभीलाई १०.८० प्रतिशतमै कर्जा 

बुधबार, साउन १० २०८०
भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता, जीडब्लूएमको ओरा ०३ ईभीलाई १०.८० प्रतिशतमै कर्जा 

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। 

काठमाडौं- जीडब्लूएमको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच सवारीसाधनको फाइनान्सिङ गर्ने सम्बन्धमा सम्झौता भएको छ। ग्रेटवाल मोटरको हाभल जोलायन, हाभल एच६, पावर र विंगल र विद्युतीय कार ओरा ०३ लगायतका विभिन्न सवारी साधनहरूको वित्तीय सुविधाका लागि सम्झौता गरेको हो। 

बुधबार सम्झौतामा भीजी इम्पेक्स- जीडब्लूएम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप-महाप्रबन्धक गौरव कुमारले जीडब्लूएमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउन हस्ताक्षर गरेका हुन्। 

जीडब्लूएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। यसले ग्राहकहरुलाई  प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। सो कुरा ग्राहहरुले आफ्नो आवश्यकताको आधारमा छनौट गर्न सक्नेछन्।  

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआईसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ। ३ वर्षसम्मको कर्जा अवधिको लागि न्युनतम प्रभावकारी आरओई १०.८० प्रतिशत रहनेछ। 

जीडब्लूएमका विद्युतीय कारकोे लोन-टू-भ्यालु (लोन-टू-भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा आरओआई (ब्याजदर) मा थप ०.५० प्रतित छुट उपलब्ध गराइएको छ। सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। 

जीडब्लूएम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विंगल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ। अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जीडब्लूएम नेपालले ग्रेटवाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ। 

नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा भीजी इम्पेक्सले जीडब्लूएमको विश्वव्यापी लाइन-अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ।


प्रकाशित : बुधबार, साउन १० २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend