बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबार, साउन ९ २०८०
मंगलबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम छ।

काठमाडौं- मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रूपैयाँले बढेको हो। 

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य भने आज पनि घटेको छ। चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, साउन ९ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend