मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

मेलम्ची ढिलो हुँदा बोरिङ खन्दै खानेपानी लिमिटेड, दैनिक एक करोड लिटर पानी थपिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
मेलम्ची ढिलो हुँदा बोरिङ खन्दै खानेपानी लिमिटेड, दैनिक एक करोड लिटर पानी थपिँदै
फाइल तस्बिर

उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्दै उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको हो। 

images
images

काठमाडौं- मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने योजनामा ढिलाइ हुँदा डिप बोरिङमार्फत उपत्यकाभित्र पानी थप गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड लागिरहेको छ। 

images
images
images

उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्दै उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको हो। 

images
images

त्यसमा विशेष गरी उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो। मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

images
images

उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ। पुराना ट्युबेल संरक्षण गर्न थालिएको छ। उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए।

उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन्। 

'ती स्थानमा पनि ट्याङ्करबाट सार्वजनिक ट्याङ्‍कीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ' उनले भने। लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युववेल खन्न लागेको छ। भइरहेका मुहान बढाउँदा र डिप ट्युबेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ। हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ। हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ। 

लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ। सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ। लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ। सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ। स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ। 

काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ। पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो। मेलम्चीमा बर्षापछि भएको क्षतिका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend