मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

एक हप्तामा ७ अर्बमात्र ऋण थपियो, निक्षेप ९ अर्ब घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
एक हप्तामा ७ अर्बमात्र ऋण थपियो, निक्षेप ९ अर्ब घट्यो

नेपाल बैंकर संघले प्रकाशन गरेको तथ्यांकअनुसार कात्तिक  तेस्रो हप्तामा जम्मा ७ अर्ब ऋण स्वीकृत भएको छ। 

images
images

काठमाडौं- वाणिज्य बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन्। ऋण मिल्ने रकम(तरलता)को अभाव भएपछि बैंकहरुले ऋण स्वीकृतिको गति घटाएका छन्। 

images
images
images

नेपाल बैंकर संघले प्रकाशन गरेको तथ्यांकअनुसार कात्तिक  तेस्रो हप्तामा जम्मा ७ अर्ब ऋण स्वीकृत भएको छ। 

images
images

चाडपर्व र व्यापार व्यवसायको अफ सिजन बाहेक साप्ताहिक रुपमा १५ अर्बभन्दा बढी ऋण प्रवाह हुने बैंकिङ प्रणालीबाट पछिल्लो हप्ता भने न्यूनता आएको छ। 

images
images

पछिल्लो समय तरलता संकटमा परेका बैंकहरुमा ऋणको माग बढ्दै गएपनि निक्षेप भने घट्दै आएको छ। पछिल्लो तीन हप्तामा निक्षेप संकलनमा गिरावट आएको छ। कात्तिकका तीनवटै हप्तामा निक्षेप घटेको छ। पहिलो हप्ता २० अर्ब निक्षेप घटेको थियो। त्यस्तै दोस्रो हप्ता २ अर्ब घटेको निक्षेप तेस्रो हप्ता ९ अर्ब घटेको छ। 

ऋण भने कात्तिक पहिलो हप्तामात्र १ अर्ब घटेको थियो। पछिल्ला दुई सातामा क्रमश: २० अर्ब र ७ अर्ब गएको छ। 

 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०८:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend