बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आधा घट्यो ल्यापटपको आयात, मोबाइल तथा स्मार्ट वाचमा पनि कमी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ८ २०८०
आधा घट्यो ल्यापटपको आयात, मोबाइल तथा स्मार्ट वाचमा पनि कमी

आर्थिक वर्ष २०७८/७९ मा  मोबाइल फोनको आयात ४० अर्ब ८९ करोड रुपैयाँको थियो। 

काठमाडौं- आन्तरिक मागको कमी तथा विश्वव्यापी आपूर्तिमा आएको समस्याले गर्दा विद्युतीय सामग्रीको आयात घटेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा  मोबाइल, ल्यापटप तथा ट्याबलेटको आयात घटेको छ। गएको आर्थिक वर्ष २६ अर्ब ५१ करोड को मोबाइल आयात भएको छ। यो गत वर्षको तुलनामा झन्डै आधा न्यून हो। 

आर्थिक वर्ष २०७८/७९ मा  मोबाइल फोनको आयात ४० अर्ब ८९ करोड रूपैयाँको भएको थियो। 

मोबाइलसँगै गएको वर्ष ल्यापटप तथा नोटबुकको आयातमा उच्च गिरावट देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ल्यापटपको आयातमा उच्च गिरावट भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार गएको वर्ष त्यस्तै ६ अर्ब २१ करोड रूपैयाँको ९४ हजार ल्यापटप तथा नोटबुक आयात भएका छन्। अघिल्लो वर्ष ११ अर्ब ४२ करोड रूपैयाँको ल्यापटप आयात भएको थियो। 

मोबाइल ल्यापटपसँगै ट्याबलेटको आयातमा पनि गिरावट आएको छ। अधिकांश उपभोग्य विद्युतीय सामग्रीको आयात घटेको छ।


प्रकाशित : सोमबार, साउन ८ २०८०१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend