बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बारामा ६० प्रतिशत रोपाइँ

images
सोमबार, साउन ८ २०८०
images
बारामा ६० प्रतिशत रोपाइँ

बाराको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए।

images
images

कलैया- बारामा बर्खे धान ६० प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म पानी नपरेपछि यहाँका किसानले भूमिगत सिँचाइको माध्यमबाट रोपाइँ गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images
images

अकासे पानी नपरेपछि किसानले भूमिगत सिँचाइको माध्यमबाट ६० प्रतिशत रोपाइँ गरेका केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। उनका अनुसार यस वर्ष कृषकले बर्खे धान ‘भदैया’ १० हजार नौ सय पाँच हेक्टर, ‘अगहनी’ ३४ हजार एक सय १५ हेक्टर गरी कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य लिएकामा हालसम्म तीन हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।

images
images

जिल्लाको उत्तरी भागमा प्रायः रोपाइँ भइसकेको छ भने दक्षिण भेगमा रोपाइँ हुन बाँकी रहेको यादवले बताए। उनका अनुसार पानी नपरे पनि किसानले भूमिगत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन्। अन्य भागमा पनि पानी नहुँदा रोपाइँमा समस्या भइरहेको केन्द्रले जनाएको छ।

images
images

गत वर्ष किसानले बर्खे अगहनी धान ३४ हजार सय १५ र भदैया ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गरिएको केन्द्रका बाली अधिकृत गेनालाल प्रसादले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend