बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

खाना पकाउने ग्यास र डिजेलको मूल्य हालसम्मकै उच्च

images
बिहीबार , कात्तिक २५ २०७८
images
खाना पकाउने ग्यास र डिजेलको मूल्य हालसम्मकै उच्च

यस्तोमा सरकारले तत्काल इन्धनमा लाग्ने कर घटाउने सम्भावना छैन। यसो नहुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेअनुसार नै यहाँ बढ्ने निश्चित छ। 

images
images

काठमाडौं- नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा नयाँ रेकर्ड कायम हुने अवस्थामा पुगेको छ।

images
images
images

नेपालमा २०७१ फागुन ३० गते इन्धनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो। २०७१ फागनुमा नेपालमा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगको थियो भने मट्टीतेल र डिजलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ पुगेको थियो।

images
images

त्यसयता घट्दो क्रममा रहेको इन्धनको मूल्य कोरोनासँगै विश्वव्यापी रुपमा भएको लकडानको समयमा विश्व बजारमै इन्धनको मूल्य घटेको थियो। नेपालमा पनि त्यही अनुसार मूल्य घटेको थियो। विश्वव्यापी रुपमा कोरोनाको खोप अभियान बढेसँगै अर्थतन्त्र लयमा फर्कन थाल्यो। 

images
images

त्योसँगै इन्धनको मूल्य पनि निरन्तर रुपमा बढिरहेको छ। नेपालमा पनि अझ इन्धनको मूल्य बढ्ने नेपाल आयाल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल बताउँछन्।

निगमले अहिले पनि सबै प्रोडक्टमा नोक्सान खाएर इन्धन बिक्री गरिरहेको उनको भनाइ छ। निगमसँग बचतमा रहेको ३१ अर्बमा अब ६ अर्ब रुपैयाँ मात्रै बाँकी रहेको उनको भनाइ छ।

यही अवस्थामा मूल्य बढिरहने हो भने बाँकी रहेको ६ अर्ब रुपैयाँ २ महिनामै सकिने पौडेलले बताए।

आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने ग्याँसको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेको छ। 

नेपालमा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै धेरै भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। 

यसैगरी डिजल/मट्टीतेल प्रतिलिटर १ सय १९ रुपैयँ कायम भएको र यो नै अहिलेसम्मको उच्च मूल्य रहेको उनको भनाइ छ। 

यसैगरी पेट्रोलको मूल्य भने प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम भएको छ। तर पेट्रोलको मूल्य भने २०७१ सालमा १ सय ४० रुपैयाँ सम्म पुगेको थियो।

डिजल/मट्टीतेल र एलपी ग्यासको मूल्यमा नयाँ रेकर्ड कायम भएको उपाध्याले बताए।उनका अनुसार हवाई इन्धन र पेट्रोलमा पनि नयाँ रकर्ड कायम हुन सक्ने उनको भनाइ छ।

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको छ। पछिल्लो साता स्थिर रहे पनि गत वर्षको तुलनामा शतप्रतिशत बढेको छ। 

अघिल्लो वर्ष ४० अमेरिकी डलर प्रतिब्यारेल रहेको अन्तर्राष्ट्रिय बजारमा अहिले ८० डलरमाथि पुगेको छ। नेपालमा पनि यसको प्रभाव पर्ने निश्चित छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि घरेलु बजारमा मूल्य बढ्न नदिनका लागि केही समयका लागि एउटा उपाया छ त्यो हो कर घटाउने। 

पेट्रोलियम पदार्थामा अहिले अत्याधिक कर रहेको छ। पेट्रोलियममा लाग्दै आएको कर घटाएर एकपटकका लागि सरकारले मूल्य घटाउन सक्छ। तर कर घटाउने सम्भावना छैन। सरकारले पछिल्लो समय जिवाष्म इन्धनमा कर बढाउँदै जाने र नविकरणीय उर्जाको प्रयोगमा खपत बढाउने सरकारको नीति छ। सरकारले विद्युतीय गाडीमा सहुलियत दिँदै आएको छ। त्यस्तै बिजुलीबाट सञ्चालन हुने उपकरणमा पनि सरकारले सहुलियत दिएको छ। 

नेपाल सरकारले पछिल्लो समय विद्युत खपत बढाउनका लागि इन्धनको मूल्यमा कर बढाइरहेको छ। अहिले सरकाारले पेट्रोलियम पदार्थमा प्रतिलिटर कर मात्रै ६० रुपैयाँको हराहारीमा रहेको छ।

पेट्रोलियम पदार्थमात्र होइन यस्ता पदार्थबाट चल्ने उपकरण तथा सवारीसाधनमा पनि सरकारले कर बढाउँदै आएको छ। यस्तोमा सरकारले तत्काल इन्धनमा लाग्ने कर घटाउने सम्भावना छैन। यसो नहुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेअनुसार नै यहाँ बढ्ने निश्चित छ। 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend