बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ खरिद-बिक्री?

सोमबार, साउन ८ २०८०
सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ खरिद-बिक्री?

चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ६० रूपैयाँ कायम छ। 

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार पनि घटेको छ। गएको साता बिहीबार हालसम्मकै उच्च मूल्य कायम भएर  त्यसयता निरन्तर ओरालो लागेको सुनको मूल्य यो साताको दोस्रो कारोबारमा पनि घटेको हो। 

आइतबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ६० रूपैयाँ कायम छ। 


प्रकाशित : सोमबार, साउन ८ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend