बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी साहित्य पुरस्कार प्राडा गोविन्दराज भट्टराईलाई

आइतबार, साउन ७ २०८०
महालक्ष्मी साहित्य पुरस्कार प्राडा गोविन्दराज भट्टराईलाई

साहित्यकार प्राडा गोविन्दराज भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो।

काठमाडौं- महालक्ष्मी विकास बैंकको हेटौँडा शाखाले प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातृभूमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार-२०७९ द्वारा प्राडा भट्टराईलाई सम्मानित गरेको हो।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार राशीको चेक पुरस्कारका साथै सम्मान पत्र प्राडा भट्टराईलाई हस्तान्तरण गरे।

साहित्यकार भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो। सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे।


प्रकाशित : आइतबार, साउन ७ २०८०१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend