बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलले ल्यायो आकर्षक कम्बो प्याक, के छ सुविधा?

आइतबार, साउन ७ २०८०
एनसेलले ल्यायो आकर्षक कम्बो प्याक, के छ सुविधा?

यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि नयाँ आकर्षक कम्बो प्याक ल्याएको छ।

एनसेल अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको हो।

अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन्। यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९ सय ९८ रूपैयाँमा लिन सक्छन्। *१७११८*७*३# डायल गरि सजिलै यो प्याक लिन सकिन्छ। 

त्यसैगरी अन नेट अर्थात् एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र ७ सय ९८ रूपैयाँ लिन सकिन्छ। यो प्याक*१७११८*७*२# डायल गरि लिन सकिन्छ।

यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ।


प्रकाशित : आइतबार, साउन ७ २०८०११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend