शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी गर्छन् किमडाँडाका ठाकुर भुसाल

आइतबार, साउन ७ २०८०
फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी गर्छन् किमडाँडाका ठाकुर भुसाल

सन्धिखर्क नगरपालिका-८ किमडाँडाका युवा ठाकुर भुसालले बेमौसमी तरकारी उत्पादन गरेर मनग्य आम्दानी गरेका छन्।

अर्घाखाँची- सन्धिखर्क नगरपालिका-८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन्।

वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट सात लाख रूपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्। 'झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्', उनले भने, 'अहिले घरमै थोकमा ८० रूपैयाँ प्रतिकिलोमा आँपको बिक्री हुने गरेको छ।'

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाख रूपैयाँभन्दा बढी कमाउने गरेको उनले सुनाए। उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्य आम्दानी गरेका छन्। अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन।

व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए। तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ। रासस


प्रकाशित : आइतबार, साउन ७ २०८००८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend