बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

बजार घट्दा पनि किन साहस उर्जामा ओइरिए लगानीकर्ता ? (यस्तो छ वित्तिय विश्लेषण)

images
बिहीबार , कात्तिक २५ २०७८
images
बजार घट्दा पनि किन साहस उर्जामा ओइरिए लगानीकर्ता ? (यस्तो छ वित्तिय विश्लेषण)

६ दिननै सकारात्मक सर्किट लागेको कम्पनीमा बिक्री गर्ने लगानीकर्ता देखिएका छैनन्। खरिदको चाप बढ्दा बजार घट्दा समेत साहसको भने १० प्रतिशतले बृद्धि भइरहेको छ। गत असोज १७ गते सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य ७१७.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

images
images

काठमाडौं- गत कात्तिक ११ गते धितोपत्र दोस्रो बजारमा सेयर सूचीकृत गराएको साहस उर्जा लिमिटेडकोे हालसम्म ६ दिन सेयर कारोबार भएको छ।

images
images
images

६ दिननै सकारात्मक सर्किट लागेको कम्पनीमा बिक्री गर्ने लगानीकर्ता देखिएका छैनन्। खरिदको चाप बढ्दा बजार घट्दा समेत साहसको भने १० प्रतिशतले बृद्धि भइरहेको छ। गत असोज १७ गते सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य ७१७.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

images
images

जुन बढ्ने क्रम अझै रोकिने छाँट छैन।  पहिलो कारोबार दिन प्रि(ओपनिङ सेसनमा कम्पनीको प्रतिकित्ता  ४०५ दशमलव ३० मा सेयर कारोबार भएको थियो। कम्पनीको वित्तिय विवरण र लगानीमा सन्तुलन कायम देखेका लगानीकर्ताहरु साहसको सेयरमा आर्कर्षित भएका छन्। 

images
images

उक्त दिन कम्पनीको सेयरमूल्य अधिकतम ४४५ दशमलव ८० सम्म पुगेर अन्तिम मूल्य ४४५ दशमलव ८० नै कायम भएको थियो।  नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज तोकेको थियो। नेप्सेले तोकेको अधिकतम मूल्य रेञ्जमै कम्पनीको पहिलो सेयर कारोबार भएको थियो ।

६ कारोबार दिनमा कम्पनीको  २८ करोड ३८ लाख ९ हजार बराबरको ४ लाख १० हजार ४८३ कित्ता यर खरीदविक्री भएको छ। कम्पनीको दोस्रो बजारमा ३ करोड ५० करोड सेयर सूचीकृत रहेको छ। कम्पनीको कुल सेयरको मूल्य अर्थात् कुल बजार पूँजीकरण  २५ अर्ब ११ करोड ९५ लाख रहेको छ ।

सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  यस आयोजनको  लागत  ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend