बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक सय जना नर्सका लागि बेलायत जाने अवसर, तलब कति?

शुक्रबार, साउन ५ २०८०
एक सय जना नर्सका लागि बेलायत जाने अवसर, तलब कति?

काठमाडौं- नेपाल सरकार र बेलायत सरकारबीच भएको श्रम सम्झौताअनुसार एक सय जना नर्स रोजगारीका लागि पहिलो चरणमा बेलायत जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागले बेलायतको ह्याम्पशायर अस्पताल एनएचएस फाउन्डेशन ट्रस्ट (एचएचएफटी) अस्पतालहरूमा नर्स भर्नाका लागि आवेदन मागेको हो।

यसका लागि विभागले २०२३ अक्टोबर १९ सम्ममा आवेदन दिन सक्ने गरी सूचना प्रकाशित गरेको हो। विभागले गरेको सूचनामा नर्स (ब्रान्ड ५) आवेदन दिन सक्ने गरी उल्लेख छ। नर्सको तलब २ हजार ३ सय ६७ पाउन्ड हुने छ। जसमा सातामा ३७.५ घण्टा काम गर्नु पर्ने छ। वार्षिक बिदा २७ दिन र सरकारी बिदाको दिनसमेत जोडिने छ।

यस योजनाअन्तर्गत नर्सहरूले सुरुवाती चरणमा हेल्थ केयर असिस्टेन्ट (ब्यान्ड ४) का रुपमा २ हजार २ सय ९९ पाउन्ड (कर र बीमा रकम काटिनेसहित) तलब पाउनेछन्। 

हेल्थ केयर असिस्टेन्टमा काम गरेका उनीहरूले अब्जेक्टिभ क्लिनिकल परीक्षा (ओएससीई) पास गरेपछि नर्सिङ र मिडवाइफरी काउन्सिलमा दर्ता भएसँगै ह्याम्पशायर हस्पिटल फाउन्डेशन ट्रस्टले नै योग्यता, अनुभव र सीपका आधारमा तलब तोक्ने छ। 

आवश्यक न्यूनतम योग्यता

- नेपाली राहदानी भएको नागरिक हुनुपर्ने।

- स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएससी वा बीएन) वा नेपाल सरकार वा विदेशी मान्यताप्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तरमध्ये एकको प्रमाणपत्र हुनुपर्ने छ।

- नेपाल नर्सिङ काउन्सिलबाट प्रमाणपत्र पाएको हुनुपर्ने।

- आवेदनको समयमा नेपालमा दर्ता भएको अस्पतालमा दुईवर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने।

- आईएलटीएस टेष्टको हकमा पढ्ने, सुन्ने र बोल्ने खण्डहरूमा कम्तिमा ७ अंक र लेखन खण्डमा ६.५ अंक ल्याएको हुनुपर्ने।

- ओईटीको हकमा पढ्न, लेख्न र सुन्ने खण्डहरूमा कम्तिमा 'बी ग्रेड' र लेखन खण्डमा 'सी प्लस' ग्रेड हुनुपर्ने।

nursing.jpg


प्रकाशित : शुक्रबार, साउन ५ २०८००४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend