शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ४ २०८०
चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध

भारतले चालु वर्षको अप्रिलदेखि जुनसम्म गत वर्षको तुलनामा ३५ प्रतिशत बढी चामल निर्यात गरिसकेको छ। आगामी वर्ष उत्पादन घट्ने जोखिम देखेर भारतले अहिलेदेखि नै चामलको भण्डारण गर्ने नीति लिएको छ। 

काठमाडौं- भारत सरकारले गैर बासमती चामलको निर्यात प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा चामलको मूल्यमा वृद्धि भएपछि भारतीय सरकारले चामलको निर्यातमा रोक लगाउने निर्णय गरेको हो। 

भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार गैर बासमती चामलको निर्यातमा रोक लगाइएको हो। 

यो वर्षको मनसुनमा पर्याप्त पानी नपरेपछि आगामी वर्ष उत्पादन घट्ने र चामलको मूल्यमा उछाल आउने खतरा देखिएपछि भारतीय सरकारले चामलको निर्यातमा रोक लगाएको हो। 

पछिल्लो समय भारतले चामल निर्यातलाई निरुत्साहित गरिरहेको थियो। भारतले २० प्रतिशत निर्यात कर लगाएको थियो।

भारतीय बजारमा पछिल्लो समय चामलको मूल्यमा ११ प्रतिशतभन्दा बढीले बढेको छ। पछिल्लो दुई वर्षमा कयौं उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा पनि मत्थर रहेको चामल पछिल्लो समय उकालो लागेको थियो। 

निर्यातमा रोक लगाउने निर्णय गरेपनि आजसम्म अर्डर भएको र लोड भएका कन्साइनमेन्टलाई अगष्ट ३१ सम्म डेलिभरीको अनुमति भने खुला हुनेछ। 

यद्यपि निश्चित देशका लागि भारत सरकारले निर्णय गरेर चामल निर्यातमा अनुमति दिनसक्ने छ। सरकारले निर्णय गरेर निश्चित देशमा निर्यातका लागि अनुमति दिएमा खुल्नसक्ने छ। 

नेपालमा भारतबाट चामल आयात हुँदै आएको छ। भारतले प्रतिबन्ध लगाए पनि आयातको अनुमति नभएमा आन्तरिक बजारमा मूल्यवृद्धि तथा अभाव हुनसक्ने जोखिम रहेको छ। यद्यपि नेपाल सरकारको आग्रहमा भारतले नेपालका लागि अनिर्यातको अनुमति दिनसक्ने छ। यसअघि गहुँको निर्यातमा रोक लगाउँदा सीमित अनुमति दिएको थियो। 

भारतले चालु वर्षको अप्रिलदेखि जुनसम्म गत वर्षको तुलनामा ३५ प्रतिशत बढी चामल निर्यात गरिसकेको छ। आगामी वर्ष उत्पादन घट्ने जोखिम देखेर भारतले अहिलेदेखि नै चामलको भण्डारण गर्ने नीति लिएको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८०१४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend