बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी एग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेड सम्झौता

बिहीबार , साउन ४ २०८०
सीजी एग्रोटेक र डीएमसीसीबीच एग्री कमोडिटी ट्रेड सम्झौता

यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ।

काठमाडौं- चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ।

हालै सम्पन्न एक समारोहबीच चौधरी ग्रुपका प्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

यस सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीचबलियो सम्बन्ध स्थापनागर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ। यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्याराहरूको सम्बोधनगर्न मद्दत गर्नेछ।

यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल-युएई बीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे। 'डीएमसीसीसँग रहेको २३,००० सदस्यकम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमालाभदायकअवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनकालागिहाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ,'चौधरीले भने।

डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ। साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन्। 'यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यीव्यापारिक अवसरहरूको मूल्यांकन गर्न मद्दत पुग्नेछ,' उनले भनिन्।


प्रकाशित : बिहीबार , साउन ४ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend