बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुला

बिहीबार , साउन ४ २०८०
नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। 

काठमाडौं-­ ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।

कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्। नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ। अथवा नबिल बैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ।

सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ। 

आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरू गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन्। विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्रान्डिङ, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend