बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

बिहीबार , साउन ४ २०८०
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १३ हजार ५० रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ। यो साता केही दिनयता लगातार बढिरहेको सुनको मूल्यले बिहीबार यसअघि जेठ १९ गतेको रेकर्ड ब्रेक गरेको हो।

बिहीबार तोलामा पाँचसय रूपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि जेठ १९ मा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्यले भने केही दिनयता लगातार रेकर्ड ब्रेक गरिरहेको छ। महासंघका अनुसार बिहीबार तोलामा पाँच रूपैयाँले बढेर चाँदी प्रतितोला एक हजार चार सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend