शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

images
बिहीबार , साउन ४ २०८०
images
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १३ हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ। यो साता केही दिनयता लगातार बढिरहेको सुनको मूल्यले बिहीबार यसअघि जेठ १९ गतेको रेकर्ड ब्रेक गरेको हो।

images
images
images

बिहीबार तोलामा पाँचसय रूपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

यसअघि जेठ १९ मा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय रूपैयाँ कायम थियो।

images
images

चाँदीको मूल्यले भने केही दिनयता लगातार रेकर्ड ब्रेक गरिरहेको छ। महासंघका अनुसार बिहीबार तोलामा पाँच रूपैयाँले बढेर चाँदी प्रतितोला एक हजार चार सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend