बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एनआईसी एसिया बैंकले ल्यायो मुद्दती खाता कर्जा : अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने, कसरी लिने?

बुधबार, साउन ३ २०८०
एनआईसी एसिया बैंकले ल्यायो मुद्दती खाता कर्जा : अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने, कसरी लिने?

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रूपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रूपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

कर्जाका लागि मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध 'Apply for Loan Against FD' विकल्पमा जान सकिन्छ। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ। यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रूपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ।

उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ।

साथै, यस योजनमार्फत २ लाख रूपैयाँभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन्। यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ। कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।

न्यूनतम ५ हजार रूपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए।


प्रकाशित : बुधबार, साउन ३ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend