बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

किया ईभी सिक्सको बुकिङ खुल्यो

मंगलबार, साउन २ २०८०
किया ईभी सिक्सको बुकिङ खुल्यो

यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

काठमाडौं- किया मोटर्सको नयाँ विद्युतीय कार ईभी सिक्सको बुकिङ खुला भएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ किया ईभी सिक्सको बुकिङ खुला गरेको हो। 

निक्कै अघिदेखि आउने चर्चा भइरहेको ईभी सिक्स नेपाल आउने निश्चित भएसँगै कम्पनीले बुकिङ खुलाएको हो। कियाका विद्युतीय कार धेरै अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। कन्टिनेन्टल ट्रेडिङले साउन १ देखि ईभी सिक्सको बुकिङ खुलाएको हो। 

गत वर्ष नै नेपाल ल्याउने योजना बनाएको भएपनि सरकार विद्युतीय कारमा अस्वभाविक कर बढाएपछि कियाको विद्युतीय कार आयात राकिएको थियो। विश्व बजारमा राम्रो प्रतिक्रिया पाइरहेको किया ईभी सिक्स आकर्षक डिजाइन र विशेषतायुक्त रहेको छ। 

कन्टिनेन्टलले किया ईभी सिक्सलाई नाडा अटो शो २०२३ अगावै आइपुग्ने र शोमा प्रमुख आकर्षणका रुपमा प्रदर्शनीका लागि राख्ने भएको छ। यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। 

किया ईभी सिक्स ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारित कियाको पहिलो मोडल हो। 

कियाको विद्युतीय कार ईभी सिक्सले २०२२ को कार अफ दि इयरको उपाधि पाएको थियो। दक्षिण कोरियाली कार उत्पादकले पाएको यो नै पहिलो ठूलो अवार्ड हो। गत वर्ष कम्पनीको रिब्रान्डिङ गरेपश्चात प्राप्त यो अवार्ड कियाका लागि निकै लाभदायी हुनेछ। कियाले २/३ वर्षअघि लोगो परिवर्तन गरेर रिब्रान्डिङ गरेको थियो। 

यो अवार्ड प्राप्त गर्नु कार उत्पादकका लागि प्रगिष्ठाकै विषय बन्ने गरेको छ। उच्च कोटीको इन्टेरियर र स्पोर्ट युटिलिटीमा रहेको प्रचलन बाहिरको बडी स्टाइलका कारण यो कार निकै आकर्षक बनेको छ। यो कार रियर अलह्वील ड्राइभ चेसिसको साथमा उपलब्ध छ।

ईभी सिक्सको इन्टेरियर फराकिलो स्पेस रहेको छ भने ड्यासबोर्ड टच स्क्रिन बटनका साथै स्विच प्यानलको रुपमासमेत अलग्याउन सकिन्छ। यसको सहायताले कारभित्र मनोरञ्जन, एसी, हिटरसहित भ्यान्टिलेसन नियन्त्रण गर्न सकिन्छ।


प्रकाशित : मंगलबार, साउन २ २०८००५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend