शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नेपाली चियालाई विश्व बजारमा लैजाने अभियानमा रहेको ‘नेपाल टी कलेक्टिभ’

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १ २०८०
नेपाली चियालाई  विश्व बजारमा लैजाने अभियानमा रहेको ‘नेपाल टी कलेक्टिभ’

निश्चल बाँस्कोटा र प्रतिक रिजालले स्थापना गरेको यो कम्पनीले साना किसान तथा सामुदायिक स्तरमा उत्पादन भएको चियाको बजारीकरण गर्ने उद्देश्य लिएको छ। 

काठमाडौं- नेपाली चियाको स्वादलाई विश्वव्यापी विस्तारको अभियानका साथ अमेरिकामा स्थापना भएको नेपाल टी कमलेक्टिभले आफ्ना उत्पादन नेपाली बजारमा पनि उपलब्ध गराउने भएको छ। 

सन् २०१६ देखि नेपालमा उत्पादन भएको अर्गानिक र अर्थोडक्स चियालाई विश्वका ४२ बढी देशमा वितरण गरिरहेको कम्पनीले हालसम्म १ करोड कप बेचिसकेको जानकारी दिएको छ। 

यो कम्पनीले आफ्नो उत्पादन नेपाली बजारमा समेत उपलब्ध गराएको छ। 

निश्चल बाँस्कोटा र प्रतिक रिजालले स्थापना गरेको यो कम्पनीले साना किसान तथा सामुदायिक स्तरमा उत्पादन भएको चियाको बजारीकरण गर्ने उद्देश्य लिएको छ। 

Nepal Tea Collective_Kumari Gold Black Tea.jpg

विश्वर नेपाली स्वादको चियालाई विस्तार गर्दा नेपालीहरूले पनि रुचाउने भएकाले यहाँ बिक्री गर्न थालिएको कम्पनीले जानकारी दिएको छ। 

न्युयोर्क टाइम्स र फोर्ब्सले समेत फिचर गरेको यो कम्पनीले लुज लिफ र अर्गानिक मिश्रणमा चिनयाँ तयार पार्ने काम गर्छ। कम्पनीको यो मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय  पुरस्कार पाएको सहसंस्थापक निश्चल बाँस्कोटाले बताएका छन्। 

कम्पनीले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणयुक्त चिया उपलब्ध गराउँदै आएको छ।  यो कम्पनीका उत्पादन नेपाली उपभोक्ताले दराज डटकम वा कम्पनीकै वेबसाइटबाट पाउनसक्छन्। 

Co-founders Pratik Rijal and Nishchal Banskota.jpg


प्रकाशित : सोमबार, साउन १ २०८०१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend