बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

‘आईसीटी अवार्ड २०२३’ को अनलाइन नोमिनेसन सुरू

सोमबार, साउन १ २०८०
‘आईसीटी अवार्ड २०२३’ को अनलाइन नोमिनेसन सुरू

यी बाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन।

काठमाडौं-  आईसीटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि सुरू भएको छ । 

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधा सहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको छ।

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ। 

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष थप परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ। यो वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ।

यी बाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन।

व्यत्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ। 

www.ictaward.org मा गएर अनलाइन नोमिनेसन गर्न सकिनेछ। 


प्रकाशित : सोमबार, साउन १ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend