बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

म्यारियट होटलमा नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी हुने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १ २०८०
म्यारियट होटलमा नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी हुने 

होटलले भीआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुनेछ। 

काठमाडौं- काठमाडौंको नक्सालमा रहेको पाँचतारे होटल मेरियट काठमाडौंले रात्रीकालीन पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ। 

नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’  आयोजना हुने होटलले जानकारी दिएको छ। होटलका अनुसार  चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । बीपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूले  प्रस्तुती दिनेछन्। 

 

पार्टीमा सहभागी हुनका लागि ९९९ रुपैयाँको टिकट शुल्क तोकिएको छ। यसमा एउटा वियरसमेत उपलब्ध हुनेछ।  होटलले भीआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुनेछ। 


प्रकाशित : सोमबार, साउन १ २०८०१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend