बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोजगारीका लागि प्रत्येक दिन २ हजार १ सय १३ जना नेपाली विदेशिए

सोमबार, साउन १ २०८०
रोजगारीका लागि प्रत्येक दिन २ हजार १ सय १३ जना नेपाली विदेशिए
फाइल तस्बिर

पछिल्लो समय नेपालीहरूको वैदेशिक रोजगारीको लोकप्रिय गन्तव्य मलेसिया रहेको छ। लामो समय बन्द रहेको मलेसिया गन्तव्य खुल्नेवित्तिकै नेपालीहरू आकर्षित भइरहेका छन्। 

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा ७ लाख ७१ हजार ३ सय २७ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार नयाँ कामको खोजीमा म्यानपावरमार्फत ४ लाख ३ हजार ६ सय ४१ जना विदेशिएका छन्। विदेश गएर पुन: जानेहरूको संख्या २ लाख ७७ हजार १ सय ३ जना रहेको छ। सरकारी स्तरको सम्झौताबाट २१ हजार ४ सय नेपाली वैदेशिक रोगारीमा गएका छन्। व्यक्तिगत तरबारबाट जानेहरूको संख्या ६९ हजार १ सय ७७ जना रहेको छ। 

गएको वर्ष वैदेशिक रोजगारीमा जाने सर्वाधिक संख्या हो। अघिल्लो वर्ष ६ लाख ३७ हजार १ सय ३३ जना वैदेशिक रोजगारीमा गएका  थिए। गएको वर्ष सरदर प्रत्येक दिन २ हजार १ सय १३ जना नेपाली विदेशिने गरेका छन्। अघिल्लो वर्ष यस्तो संख्या १ हजार ७ सय थियो। 

कोरोना महामारीभन्दा अघि बर्सेनि कामको खोजीमा जाने नेपालीहरूको संख्याको वृद्धिदर मत्थर भएको थियो। महामारीका २ वर्ष संख्या घटेको थियो। तर महामारीको प्रभाव न्यूनीकरणसँगै विदेश जाने नेपालीको संख्याले कीर्मितमान कायम गरेको छ। 

महामारीअघिको समयमा एउटा बिन्दुमा स्थिर भएको संख्या पछिल्लो समय फेरि उछाल आएको छ। स्वदेशमा न्यून रोजगारीको अवसरका कारणले नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन्। 

पछिल्लो समय नेपालीहरूको वैदेशिक रोजगारीको लोकप्रिय गन्तव्य मलेसिया रहेको छ। लामो समय बन्द रहेको मलेसिया गन्तव्य खुल्नेवित्तिकै नेपालीहरू आकर्षित भइरहेका छन्। 

मलेसिया, दुबई, साउदी अरब, कतार, कुबेत, ओमनसँगै पछिल्लो समय नेपालीहरू युरोपियन देशहरूमा पनि रोजगारीका लागि जाने गरेका छन्। 

नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा रेमिट्यान्स रहेको छ। यसरी वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या जति धेरे बढ्छ अर्थतन्त्रको बाह्य क्षेत्रले उति नै राहत महसुस गर्दै आएको छ। 


प्रकाशित : सोमबार, साउन १ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend