बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिम्पियाधुरामा जनगणना गर्न भारतको अनुमति कुर्दै सरकार, अनुमति नपाए अनुमानित तथ्यांक निकालिने 

बुधबार, कात्तिक २४ २०७८
लिम्पियाधुरामा जनगणना गर्न भारतको अनुमति कुर्दै सरकार, अनुमति नपाए अनुमानित तथ्यांक निकालिने 

स्याटेलाइटबाट घरको विवरण निकाल्न सकिने र त्यसकै आधारमा अनुमानित विवरण समावेश गर्न सकिने बताइएको छ।

काठमाडौं- भोलि बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनामा कालापनी, लिपुलेक, लिम्पियाधुरामा गणना सम्भव नभए पनि अनुमानित तथ्यांक निकालिने भएको छ। 

केन्द्रीय तथ्यांक विभागले सम्बन्धित क्षेत्रमै गएर गणना गर्नका लागि भारतसँग छलफल गरिरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

उक्त क्षेत्र नेपालको भूभाग भएकाले नक्सामा समावेश गरिए पनि भारतीय सुरक्षा घेरामा रहेकाले गणना कठिन रहेको छ। 

'कुटनीतिक पहल जरुरी छ। हामीले त्यो पहल गरिरहेका छौँ। निर्देशक समितिमा छलफल भएर भारतसँग कुरा भएको छ, अब भारतले अनुमति दिएपछि गणना हुन्छ' उनले भने। 

माओवादी द्वन्द्वकालमा पनि १२ जिल्लामा गणना रोकिएको थियो। त्यतिबेला गरे जस्तै अहिले पनि कालापानी क्षेत्रको विवरण निकाल्न सकिने उनले बताए। स्याटेलाइटबाट घरको विवरण निकाल्न सकिने र त्यसकै आधारमा अनुमानित विवरण समावेश गर्न सकिने उनको भनाइ छ।

गणकमा बेरोजगार युवा धेरै, महिला पुरुष बराबर
८० प्रश्नावली, एक परिवारमा २० मिनेट
काठमाडौंमा हाइटेक जनगणना 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०७:४७
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend