बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

देवघाटमा रहेको गलेश्वर आश्रमलाई सिटिजन्स बैंकको पाँच लाख सहयोग

सोमबार, साउन १ २०८०
देवघाटमा रहेको गलेश्वर आश्रमलाई सिटिजन्स बैंकको पाँच लाख सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रमलाई दुई चरणमा गरी पाँच लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो।

बैंकले यसअघि भवन निर्माणका लागि तीन लाख रूपैयाँ रकम प्रदान गरिसकेको छ। हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाँकी थप दुई लाख रूपैयाँ उपलब्ध गराएको हो।

साथै सिटिजन्स बैंक सम्सी शाखाले जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब एक सय विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ। बैंकका अनुसार उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन्। उक्त सहयोगले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने बैंकको विश्वास छ। 


प्रकाशित : सोमबार, साउन १ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend