बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

तीन महिनामा एक रुपैयाँ पनि आएन अनुदान 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २४ २०७८
images
तीन महिनामा एक रुपैयाँ पनि आएन अनुदान 

गत वर्ष सरकारले यही अवधिमा ५ अर्ब अनुदान पाएको थियो।

images
images

काठमाडौं- चालु वर्षको पहिलो तीन महिनामा सरकारले दातृ निकायबाट एक रुपैयाँ पनि नगद विदेशी अनुदान पाएको छैन। 

images
images
images

सरकारी लेखाको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार यो अवधिमा एक रुपैयाँ पनि विदेशी अनुदान भित्रिएको छैन। 

images
images

सरकारले यो आर्थिक वर्षमा ५९ अर्ब ९१ करोड विदेशी अनुदान ल्याउने लक्ष्य लिएको छ। कात्तिक २३ गतेसम्म सरकारी खातामा एक रुपैयाँ पनि अनुदान आएको छैन। 

images
images

यो अवधिमा सरकारले ३ खर्ब ८० अर्ब राजस्व आम्दानी गरेको छ। यसमा २७ अर्ब गैरकर छ भने बाँकी कर राजस्व संकलन गरेको छ। 

गत वर्ष सरकारले यही अवधिमा ५ अर्ब अनुदान पाएको थियो।

माओवादीबाट अर्थमन्त्री हुँदा विदेशी दातृ निकाय सशंकित हुने अनुमान गरिन्छ। यद्यपि सरकारको नेतृत्व काँग्रेस नेतृत्वमा रहेकाले त्यसको प्रभाव दातृ निकायको मनोविज्ञानमा नपर्ने अधिकारीहरूको विश्वास छ। 

दातृ निकायले दिने भन्दा पनि यसअघि नै प्रतिबद्धता भएको अनुदान खर्च गर्न नसक्दा पनि सरकारी खातामा नदेखिएको महालेखाका अधिकारीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend