शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल टेलिकमले ल्यायो समर अफर, के-के छन् सुविधा?

images
आइतबार, असार ३१ २०८०
images
images
नेपाल टेलिकमले ल्यायो समर अफर, के-के छन् सुविधा?

सजिलो अनलिमिटेड ७९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने टेलिकमले जनाएको छ।

images

काठमाडौं- नेपाल टेलिकमले केही नयाँ प्याकेजसहितका समर अफरहरु उपलब्ध गराएको छ।

images
images

असार २९ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ।

images

टेलिकमका अनुसार अल टाइम डाटा प्याकअन्तर्गत ५ सय रूपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८ सय रूपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ।

यस्तै प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ। 

images

सजिलो अनलिमिटेड ७९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने टेलिकमले जनाएको छ। एमटुएम सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ। यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

उनका अनुसार कर्पोरेट वर्गमा लोकप्रिय सीयूजी प्याकलाई थप आकर्षक बनाइएको छ। साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको एफयूपी बमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ। 

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।


प्रकाशित : आइतबार, असार ३१ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend