शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

महामारीमा सरकार मूकदर्शक : लम्पी स्किनबाट २५ लाख पशु संक्रमित हुने, १ खर्ब क्षति पुग्ने प्रक्षेपण

शनिबार, असार ३० २०८०
महामारीमा सरकार मूकदर्शक : लम्पी स्किनबाट २५ लाख पशु संक्रमित हुने,  १ खर्ब क्षति पुग्ने प्रक्षेपण

रोग नियन्त्रणभन्दा बाहिर जानुको कारण जनशक्तिको अभाव देखिएको छ। देशभर फैलिएको लम्पी स्किन नियन्त्रण गर्न पर्याप्त पशु चिकित्सक र प्राविधिकको अभाव भएको छ। ७५३ मध्ये ५१६ स्थानीय तहमा पशु चिकित्सक छैनन्। 

काठमाडौं- गाईभैँसीमा देखापरेको लम्पी स्किन नामक संक्रामक रोग ७७ जिल्लामा फैलिसकेको छ। यसबाट क्षति अझै बढ्ने अनुमान गरिएको छ।

यो रोगबाट हालसम्म २८ हजार गाईभैँसी मरेको पशु सेवा विभागले जनाएको छ। अहिलेसम्म सात लाख ८२ हजार पशुमा लम्पी स्किनको संक्रमण भएको छ।

२०७७ असारमा सुन्दरहरैँचा नगरपालिकाका गाईमा देखापरेको यो रोगले अहिले महामारीको रुप लिएको हो। विभागका अनुसार अहिलेसम्म रोगबाट ३८ अर्ब ४१ करोडको क्षति भइसकेको छ र यो बढेर एक खर्ब पुग्ने अनुमान गरिएको छ। 

यही गतिमा पशुको संक्रमणदर बढ्दै गए आगामी दिनमा २५ लाख पशु संक्रमित हुने र एक लाख मर्ने प्रक्षेपण गरिएको छ।

महामारी रोक्ने पहिलो उपाय नै निथ्लिङ स्ट्रेन खोप भएपनि मात्रा पुर्‍याउन सरकार असफल भएको छ। ९५ लाख डोज खोपको आवश्यकताको अनुमान गरेता पनि अहिले ११ लाख खोप मात्रै स्टक रहेको विभागले जनाएको छ।

रोग नियन्त्रणभन्दा बाहिर जानुको कारण जनशक्तिको अभाव देखिएको छ। देशभर फैलिएको लम्पी स्किन नियन्त्रण गर्न पर्याप्त पशु चिकित्सक र प्राविधिकको अभाव भएको छ। ७५३ मध्ये ५१६ स्थानीय तहमा पशु चिकित्सक छैनन्। 

प्रकाशित : शनिबार, असार ३० २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend